दुबई विमानस्थलमा रोकिएका यात्रु लिएर फ्लाइ दुबई काठमाडौं आउँदै

काठमाडौं । आज राति दुबईको विमानस्थलमा रोकिएका यात्रु लिएर फ्लाइ दुबई नेपाल आउने भएको छ । बुधबार राति दुबई विमानस्थलमा रोकिएका नेपालीहरूलाई लिएर फ्लाइ दुबईको जहाज नेपाल आउने भएको हो।

केही दिनदेखि मध्यपूर्वमा चर्किएको द्वन्द्वको कारण उडान रद्द भएको थियो । फ्लाइ दुबईका अनुसार दुबई विमानस्थलमा रहेका १७० जना यात्रु लिएर नेपाल आउने भएको हो ।

सोही जहाजबाट नेपालमा रोकिएका यात्रुहरू दुबईतर्फ जाने भएका हुन् । फ्लाइ दुबईले दुबईसम्म पुग्ने यात्रुहरूलाई मात्र लिएर जाने भएको हो ।

उक्त जहाज काठमाडौंमा राति ११ बजेर ३० मिनेटमा अवतरण गर्ने तालिका रहेको छ । मार्च ५ मा काठमाडौंबाट दुबईतर्फ राति १२ बजेर ३० मिनेटमा प्रस्थान गर्नेछ । फ्लाइ दुबईले १५० भन्दा बढी यात्रुलाई लिएर दुबईतर्फ जान लागेको हो ।

Share News