फ्लाई दुबईले दुई उडान गर्दै

काठमाडौं । फ्लाई दुबईले दुई उडान गर्ने भएको छ । फ्लाई दुबईले दुबई–काठमाडौं उडान गर्ने भएको हो । 

मध्यपूर्व द्वन्द्वको कारण क्यान्सिल भएको उडान पुनः सुचारु हुन लागेको नागरिक उड्डयन प्राधिकरण (क्यान) जनाएको छ । क्यानका अनुसार हालका लागि यी उडानहरूमा सिधा गन्तव्य (प्वाइन्ट–टु–प्वाइन्ट) मात्रै उडान हुनेछ ।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका यताबाट जाने यात्रुको संख्या १७० जना हुने र दुवैसम्मको मात्रै फ्लाइट रहेको उनले बताए ।

एफजेड ५७३ नम्बरको उडान आज दुबई–काठमाडौं उडान हुनेछ ।  एफजेड ५७३ नम्बरको उडान काठमाडौंमा राति ११ बजेर ३० मिनेटमा अवतरण गर्ने तालिका रहेको छ ।

त्यसैगरी, एफजेड ५७४ नम्बरको उडान मार्च ५ मा काठमाडौंबाट दुबईतर्फ राति १२ बजेर ३० मिनेटमा प्रस्थान गर्नेछ । उक्त उडान काठमाडौंमा राति ११ बजेर ३० मिनेटमा अवतरण गर्ने तालिका रहेको छ ।

Share News