काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ-१ की उम्मेदवार आशिका तामाङको उम्मेदवारी रद्द हुन लागेको चर्चा सामाजिक सञ्चालनमा भइरहेको छ ।
तामाङसँग जर्मनीको पीआर रहेको प्रणाण फेला परेको भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । यो विषयामा हामीले आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईसँग बुझ्दा उनले यस्तो कुनै निर्णय नभएको र चर्चा भइरहेको विषय सत्य नभएको बताए ।
उनले तामाङको उम्मेदवारीस् कायम नै रहेकोले भ्रममा नपर्न पनि आग्रह गरेको छ । उनले यो मिडिया ट्रायल हुन सक्ने बताउँदै मतदातालाई त्यस्तो भ्रमपूर्ण कुराको पछि नलाग्न पनि आग्रह गरे ।