पशुपति मुरारका र भवानी राणाले निर्वाचनको आचारसंहिता विपरित काम गरेकोमा प्रधान समूहको गम्भिर आपत्ति

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५१ औं महाधिवेशन तथा नयाँ नेतृत्व चयनका समयमा वर्तमान अध्यक्ष पशुपति मुरारका र हालका वरिष्ठ उपाध्यक्ष भवानी राणा (जो स्वतः अध्यक्ष हुने व्यवस्था छ) हरुले निर्वाचन आचार संहिता विपरित गतिविधि सञ्चालन गरेको भन्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको समूहले आपत्ति जनाएको छ । मुरारका र राणाले महासंघको आगामी [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५१ औं महाधिवेशन तथा नयाँ नेतृत्व चयनका समयमा वर्तमान अध्यक्ष पशुपति मुरारका र हालका वरिष्ठ उपाध्यक्ष भवानी राणा (जो स्वतः अध्यक्ष हुने व्यवस्था छ) हरुले निर्वाचन आचार संहिता विपरित गतिविधि सञ्चालन गरेको भन्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको समूहले आपत्ति जनाएको छ ।

पत्रकार सम्मेलन गरी आपत्ति जनाउँदै प्रधान

मुरारका र राणाले महासंघको आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार शेखर गोल्छा र उनको समूहको पक्षमा प्रचार प्रसार गरेको, आफ्नो पदको मर्यादा विपरित एक पक्षका उम्मेदवारहरुलाई सार्वजनिक रुपमा नै “मेरो टिम ” भनि मतदातालाई प्रभावित पार्ने प्रयास गरिएको केन्द्र तथा प्रदेशको निर्वाचन सम्बन्धमा विधानको कार्यविपरित गोल्छा समुहको हक हित हुने गरि विभिन्न संस्थागत निर्णयहरु एक पक्षिय ढंगबाट गरिएका प्रधान समूहले जनाएको छ ।

आफूले समर्थन गरेको गोल्छा समूहको उम्मेदवारी घोषणा गर्दै भवानी राणा

मंगलबार पत्रकार सम्मेलन गरेर प्रधानले भने ‘वर्तमान अध्यक्ष र आगामी अध्यक्षले आचारसंहिता र संस्थाको विधान विपरित काम गरेकोमा हाम्रो गम्भिर ध्यान आकर्षण भएको छ । यस्ता प्रयासहरु प्रति हामी गम्भिर आपत्ति प्रकट गर्दछौं ।’

महासंघको निर्वाचनलाई स्वच्छ र सरल बनाउने उद्देश्य राखी गरिएको विधान संशोधनका प्रावधानहरुलाई महासंघको नेतृत्वमा आफ्नो कव्जा जमाउने र आफ्नो नियन्त्रणमा चल्ने व्यक्तिलाई पुर्याउने वदनियत पूर्ण प्रयासले महासंघको गरिमामा आँच पुग्ने र संस्था कमजोर हुने भएको हुने प्रधानले बताए ।

गोल्छा समूहको प्रचार प्रसारमा अगुवाई गर्दै पशुपति मुरारका र भवानी राणा

डर, धाक, धम्की, लोभ लालचका जोडवलमा महासंघका सदस्यहरुको मत आफूतिर तान्न प्रयत्न भई रहेको भन्दै प्रधानले आगामी अध्यक्षले “मेरो गुट” भनेको समुहको पराजय भएको अवस्थामा उनको नेतृत्वको भविष्य कस्तो हुन्छ भनी उनले प्रश्न गरेका छन् ।

यस्ता आचारसंहिता विपरित, संस्थाको विधानको गरिमा र आसय विपरित काम गर्नेहरुलाई दुरुत्साहित गर्दै आगामी निर्वाचनमा आफ्नो समूहलाई विजय गराई महासंघको गरिमाको रक्षा गर्न प्रधानले मतदातालाई अपिल गर्दै प्रेस विज्ञप्ती निकालेका छन् ।

Share News