काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको फागुन १७ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्ता पुँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार ९१९ रुपैयाँको कुल ९.१५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
घोषित लाभांशमध्ये ८.७ प्रतिशतले हुन आउने १४ करोड ७९ लाख ८३ हजार १६५ रुपैयाँबराबरको बोनस सेयर तथा कर प्रयोजनार्थ ०.४६७९ प्रतिशतले हुन आउने ७७ लाख ८८ हजार ५८८ रुपैयाँबराबरको नगद लाभांश रहेको कम्पनीले जनाएको छ ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।