काठमाडौं । कपिलवस्तुमा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरेर प्रहरीले मोटरसाइकल गस्ती सुरु गरेको छ । सोमबार मध्यान्ह जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रहरी मोटरसाइकल गस्ती निस्केका हुन् ।
तीनवटा क्षेत्रमा प्रहरीले सुरक्षा दिन सुरु गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।
सिंहका अनुसार १४ मोटरसाइकलमा आवश्यक हातहतियारसहित २८ जना प्रहरी परिचालन छन् ।
उनका अनुसार १ नम्बर क्षेत्रमा प्रहरी नायब निरीक्षक किरण तामाङको कमाण्डमा १४ गस्ती गर्नेछन् । आवश्यक हातहतियार तथा असभावका सामग्रीसहित प्रहरीले सुरक्षा दिनेछ ।
क्षेत्र नम्बर २ मा प्रहरी हवल्दार अर्जुन रिजालको कमाण्डमा १४ वटा मोटरसाइकल २८ जना प्रहरी हातहतियारमा गस्तीमा निस्केका छन् । क्षेत्र नम्बर ३ मा भने प्रबनानि लील बहादुर कुँवरको कमाण्डमा १४ वटा मोटरसाइकलमा २८ जना प्रहरी गस्ती परिचालन रहेका छन् ।