सुनको मूल्य तोलामा ३ लाख २६ हजार १०० रुपैयाँ पुग्यो

काठमाडौं । स्थानीय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको हो ।     

आइतबार सुन प्रतितोला तीन लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएकोमा सोमबार बढेर तीन लाख २६ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।      

त्यस्तै, चाँदी आइतबार प्रतितोला पाँच हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएकोमा सोमबार प्रतितोला छ हजार २० मा खरिदबिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा सोमबार सुनको मूल्य प्रतिऔंस पाँच हजार ३६२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।  

Share News