सोपान फर्मास्युटिकल्स र याम्बलिङ हाइड्रोलाई आईपीओ जारी गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सोपान फर्मास्युटिकल्स र याम्बलिङ हाइड्रोपावरलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति दिएको छ । बोर्डले आइतबार दुवै कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको हो ।

सोपान फर्मास्युटिकल्सले ४२ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४२ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त रहेको छ ।

त्यसैगरी, याम्बलिङ हाइड्रोपावरले २८ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल २८ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ । याम्बलिङ हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

Share News