नेपालबाट खाडी मुलुकका लागि हुने उडान आइतबार पनि रद्द, १६ सय यात्रु प्रभावित

काठमाडौं । अरब मुलुकका लागि नेपालबाट हुने नियमित विमानहरुको उडान आइतबार पनि रद्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एयरवेज, एयर अरबिया सारजाह, एयर अरबिया अबुदाबी, कतार एयरवेज र फ्लाइ दुबईको उडान रद्द भएको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अरब मुलुकमा भएका युद्ध तनावका कारण नियमित उडान हुन नसकेको हो । आइतबार हुने उडान पनि रद्द भएको उनले जानकारी दिए ।

अरब मुलुकबाट नेपाल आउने र नेपालबाट जाने दुवैतर्फको विमानहरूको उडान रद्द भएको भुलले जानकारी दिए । उनका अनुसार आउने र जाने गरेर १ हजार ६ सय यात्रु प्रभावित भएका छन् । 

युएई र कतार लगायत अन्य मुलुकमा आक्रमण भएका कारण विमानस्थल बन्द भएका छन् । अमेरिका र इसराइलको आक्रमणबाट इरानी सर्वोच्च नेता आयातोल्ला अली खामेनी मारिएका छन् । तेहरानमा गरेको हवाई हमलामा परी उनको मृत्यु भएको हो।   

Share News