काठमाडौं जिल्ला प्रशासनले भन्यो :  लाइसेन्स लिएर घरमा राखेको हतियार बुझाउनु

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले लाइसेन्स लिएर घरमा राखिएको हतियार बुझाउन आग्रह गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षा प्रयोजनका लागि हतियार बुझाउन अनुरोध गरेको हो ।

‘व्यक्तिगत रुपमा राखिएका इजाजत पत्र प्राप्त हातहतियारहरू नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाईमा लगत रहने गरी बुझाउनु । माघ ६ गतेको सार्वजनिक सूचनाबाट सरोकारवाला सबैमा अनुरोध गरिएको छ । अझैसम्म पनि केही व्यक्तिहरुबाट त्यस्ता प्रकृतिका हातहतियार बुझाउन बाँकी भएको देखिएकाले मिति १८ गतेभित्र हातहतियार बुझाउनुहुन पुनः यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ ।

null

 

Share News