काठमाडौं । निर्वाचन प्रयोजनका लागि हालसम्म १ हजार ५२७ उम्मेदवारले मात्र बैंक खाता खोलेका छन् ।
निर्वाचन आयोगका कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले हिजोसम्म १ हजार ५२७ उम्मेदवारले खाता खोलेको विवरण प्राप्त जानकारी भएको बताए ।
उनका अनुसार १ हजार ८७९ उम्मेदवारले अझै पनि बैंक खाता खोलेका छैनन् ।
१ सय ६५ निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ उम्मेदवार छन् । प्रत्यक्षतर्फ ६४ दल र स्वतन्त्र गरी तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
निर्वाचन आयोगका अनुसार ११ वटा दलले बैंक खाता खोलेका छन् । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ ।