काठमाडौं । उत्तर कोरियाका शासक किम जोंग उनले आफ्नो देशको परमाणु हतियार कार्यक्रमलाई अझ विस्तार गर्ने र यसको सञ्चालन दायरा बढाउने इशारा व्यक्त गरेका छन् ।
एक सन्देशमा उनले अमेरिकालाई उत्तर कोरियाको परमाणु शक्तिलाई स्वीकार गर्न आग्रह गरेका छन् ।
अमेरिकाले उत्तर कोरियाका परमाणु हतियारहरू कायम रहने तथ्य स्वीकार गरे उत्तर कोरिया र अमेरिका आपसी सम्बन्ध सुधार गर्न सकिने किमको भनाइ छ ।
यो अभिव्यक्ति राजधानी प्योङयाङमा आयोजित वर्कर्स पार्टी अफ कोरियाको पाँच वर्षमा हुने सम्मेलनमा आएको हो ।
यसलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको अप्रिलमा चीन भ्रमणअघि सम्भावित वार्ताको संकेतका रूपमा हेरिएको छ ।
यद्यपि किमले दक्षिण कोरियासँग सम्बन्ध सुधार्ने कुनै पनि आशा अस्वीकार गर्दै त्यसलाई उत्तर कोरियाको ‘सबैभन्दा दुश्मन देश’ बताएका छन् ।
उनले अमेरिकासँगको सम्बन्धको भविष्य पूर्ण रूपमा अमेरिकाको रवैयामा निर्भर रहने पनि बताएका छन् ।