प्रत्यक्षमा ७० सिट जितेर पहिलो पार्टी बन्ने नेकपाको अध्ययन अनुमान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षमा अधिकतम् ७० सिटसम्म जित्न सकिने अनुमान गरेको छ । बुधबार पेरिसडाँडामा बाम बुद्धिजीवीहरूसँगको छलफलमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा ६५ देखि ७० सम्म सिटसम्म प्रत्यक्षमै जित्ने अनुसन्धानको रिपोर्ट देखिएको बताएका हुन् । 

‘निष्पक्ष निर्वाचन हुने हो भने नतिजा राम्रै हुने देखिन्छ । पहिलाको भन्दा राम्रो हुन्छ । कतिपयले ६५ देखि ७० सम्म सिट प्रत्यक्षमै जित्ने भए भन्ने पनि भन्न थालेका छन्, हाम्रो पनि त्यही देखिएको छ,’ दाहालले भने । 

उनले आगामी चुनावमा ४ दलबीच चर्को प्रतिस्पर्धा हुने देखिएको बताए ।

उनले नेकपा पहिलो पार्टी बन्ने पनि दाबी गरेका छन् । उनले आगामी दिनमा थप सिट बढाउन सकिने पनि बताएका छन् । 

Share News