भिभो वाई ३१डि सार्वजनिक, मूल्य २९ हजार ४९९ रुपैयाँबाट सुरु

काठमाडौं । भिभोले अहिलेसम्मकै सबैभन्दा ठूलो ब्याट्री क्षमतासहितको नयाँ स्मार्टफोन ‘भिभो वाई ३१डि’ नेपाली बजारमा सार्वजनिक गरेको छ । लामो समय टिक्ने ब्याट्री, भरपर्दो टिकाउपन र सहज प्रदर्शनलाई प्राथमिकता दिने प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको यो स्मार्टफोनले दैनिक प्रयोगमा शक्तिशाली र स्थिर अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

यस फोनको प्रमुख विशेषता ७२०० एमएएच क्षमताको ‘ब्लुभोल्ट ब्याट्री’ हो, जसलाई ४४ वाट ‘फ्ल्यास चार्ज’ प्रविधिले सहयोग गरेको छ । कम्पनीका अनुसार २५ आयामी सुरक्षा संरक्षण र ६ वर्षे ब्याट्री स्वास्थ्य सुविधासहितको यस ब्याट्रीले १६०० पटक चार्ज गरिसकेपछि पनि कम्तीमा ८० प्रतिशत क्षमता कायम राख्नेछ ।

डिभाइसलाई वास्तविक जीवनका चुनौतीपूर्ण अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको छ । यसमा आईपी ६८ र आईपी ६९ धुलो तथा पानी प्रतिरोध क्षमता, एसजीएस ५–स्टार ड्रप रेसिस्टेन्स प्रमाणीकरण, मिलिट्री–ग्रेड ड्रप प्रोटेक्सन तथा टाइटन ग्लास जस्ता सुरक्षात्मक विशेषता समावेश छन् । ‘वन–ट्याप वाटर एन्ड डस्ट इजेक्सन’ र ‘वेट–ह्यान्ड टच’ जस्ता सुविधाले भिजेको हातले समेत सहज सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ ।

स्मार्टफोन स्न्यापड्रागन ६एस जेन २ (फोरजी) प्रोसेसरद्वारा सञ्चालित छ, जसले कम ऊर्जा खपतमा पनि स्थिर र कुशल प्रदर्शन दिने बताइएको छ । ओरिजिनओएस ६ मा आधारित यस फोनमा ‘ओरिजिन आइल्याण्ड’, एआई–सञ्चालित ‘एआई सुपरलिंक’ र ‘एआई क्याप्सन’ जस्ता सुविधा समावेश छन्, जसले उत्पादकत्व, सिर्जनात्मकता र कनेक्टिभिटीलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

भिभो वाई ३१डि ‘फेदर गोल्ड’ र ‘स्टारलाइट ग्रे’ गरी दुई रंगमा उपलब्ध हुनेछ । यो स्मार्टफोन दाराज तथा नेपालभरका आधिकारिक खुद्रा पसलहरूमा पाइनेछ ।

यसको मूल्य ६ जीबी + १२८ जीबी भेरियन्टका लागि २९ हजार ४९९ रुपैयाँ, ८ जीबी + १२८ जीबी भेरियन्टका लागि ३३ हजार ९९९ रुपैयाँ र ८ जीबी + २५६ जीबी भेरियन्टका लागि ३८ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

Share News