सूर्यज्योति लाइफको ब्रान्च अपरेशन्स मिट सम्पन्न

काठमाडौं । सूर्यज्योति लाइफको ब्रान्च अपरेशन्स मिट सम्पन्न भएको छ ।

कार्यक्रममा देशभरिका २०० जना ब्रान्च अपरेशन्स कर्मचारी, विभागीय प्रमुख, कार्यकारी उप प्रमुख, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समिति सदस्यसहित प्रशिक्षकहरू मनोजकुमार भट्टराई (बैंकिङ तथा बीमा विशेषज्ञ) र पदमप्रसाद सोडारी, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक उपस्थित थिए ।

कार्यक्रममा एएमएलरसीएफटीसम्बन्धी विस्तृत तालिम उपनिर्देशक पदमप्रसाद सोडारीले दिएका थिए भने सर्भिस एक्सिलेन्सी सम्बन्धी तालिम बैंकिङ तथा बीमा विशेषज्ञ मनोज कुमार भट्टराईले दिएका थिए ।

साथै विभागीय प्रमुखहरूसँगको प्यानल अन्तरक्रियामा ब्रान्च अपरेशन्ससँग सम्बन्धित विभिन्न विषयमा सत्रहरू सञ्चालन गरिएको थियो । 

सहभागीहरूले आफ्नो दैनिक कार्यमा भोगेका चुनौती र उठेका प्रश्नहरू प्यानल मार्फत सम्बोधन गराएका थिए । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) प्रकाश विक्रम खत्रीले सूर्यज्योति लाइफको शाखा कार्यालयमा काम गर्ने ब्रान्च अपरेशन्स कर्मचारीहरू नै कम्पनीका वास्तविक सर्भिस एम्बास्डर भएको बताए ।

सूर्यज्योति लाइफ, नेपालकै पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणित जीवन बीमा कम्पनी हो । हाल चुक्ता पूँजी ५०१ करोड, जीवन बीमाकोष ४ हजार ६१७ करोड, लगानी ५ हजार १२० करोड र नेटवर्थ ६१८ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले १ लाख ७ हजार अभिकर्ता, ३६ लाख ३० हजार बीमालेख, र देशभरिका १७६ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीले नेपालमै सर्वाधिक ३५ घातक रोगविरुद्ध रु। ५० लाखसम्मको आर्थिक सुरक्षा पनि प्रदान गर्दै आएको छ ।

Share News