काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।
मंगलबार (आज) न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई छाड्न आदेश दिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले विकासन्युजलाई जानकारी दिए ।
प्रसाईंलाई गत फागुन ४ गते भक्तपुरबाट प्रहरीले पक्राउ गरेको थियो ।
निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप गरेको भन्दै प्रसाईं पक्राउ परेका हुन् । त्यसविरुद्ध माघ ५ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट परेको थियो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले फागुन २१ मा निर्वाचन हुँदैन भन्दै हिँडेका थिए ।
उनी पटकपटक पक्राउ पर्दै आएका छन् ।