काठमाडौं । अग्रेंजी नयाँ वर्ष सन् २०२६ को सुरुवातसँगै भारतीय अटो बजारमा कारको प्रतिस्पर्धाले नयाँ उचाइ छोएको छ । टाटा मोटर्सले आफ्नो लोकप्रिय एसयूभी नेक्सनमार्फत बिक्रीको दौडमा सबैलाई पछि पारेको छ । यद्यपि परम्परागत बजार लिडर मारुती सुजुकीले आफ्ना विभिन्न मोडेलमार्फत आफ्नो बलियो पकड कायमै राखेको छ ।
जनवरी महिनामा टाटा मोर्टसको नेक्सनले बिक्रीमा उत्कृष्ट प्रदर्शन गर्यो । नेक्सनले २३ हजारभन्दा बढी युनिट बिक्री गर्दै भारतको सबैभन्दा धेरै बिक्री हुने कार बन्न सफल भएको छ । जसमा गत वर्षको सोही अवधिको तुलनामा यो ५२ प्रतिशतले वृद्धि भएको हाे ।
भारतीय अटो बजारमा शीर्ष सूचीमा टाटा नेक्सन, टाटा पन्च, मारुती ब्रिजा, हुन्डाई भेन्यू र मारुती फ्रोन्क्सजस्ता एसयूभीले स्थान बनाएका छन् । टाटा पन्च (ईभी सहित) १९ हजारभन्दा बढी युनिट बिक्री गर्दै तेस्रो स्थानमा उक्लिएको छ ।
हुण्डाईले १७ हजारभन्दा बढी युनिट बिक्री गरेको छ भने टप १५ सूचीमा पर्ने मारुती डिजायर एक मात्र सेडान रहेको छ । ट्याक्सी र फ्लीट बजारमा बलियो मागका कारण यसले दोस्रो स्थान सुरक्षित गरेको बताइएको छ ।
यस्तै,अर्टिगाले करिब १८ हजार युनिट बिक्री गर्दै भारतको नम्बर १ एमपीभी बनेको छ भने स्विफ्ट ४ प्रतिशतको सामान्य वृद्धिसहित स्थिर रहेको जनाइएको छ ।
अल्टो १२ हजारभन्दा बढी युनिट बिक्री गर्दै साना सहरहरूमा ह्याचब्याक गरिरहेको बताइएको छ । महिन्द्राका दुई एसयूभीले बजारमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । जसमा महिन्द्रा स्कोर्पियोसहितको बिक्री स्थिर रहँदा अफ-रोड किङ महिन्द्रा थारको बिक्री झन्डै दोब्बर भएको छ ।
यसैबीच, ‘इन्डियन कार अफ द इयर २०२६’ को उपाधि जितेको मारुतीको नयाँ कम्प्याक्ट एसयूभी भिक्टोरिसले १५ हजारभन्दा बढी युनिट बिक्री गर्दै १० औं स्थानमा प्रवेश गरेको छ ।