नेपाली कांग्रेसले साम्बालाई गर्यो ५ लाख सहयोग

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसीएलमा गम्भीर चोटका कारण हाल साम्बा जटिल शल्यक्रियाको तयारीमा रहेकी छन् । 

कांग्रेसले विज्ञप्ति जारी गर्दै साम्बाको उपचारमा सहयोग पुर्याउनु सबैको कर्तव्य रहेको बताएको छ ।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघका अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता बमोजिम एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खाता नं. ३४४०१०१०००११३७ मा  पाँच लाख रुपैयाँ जम्मा गरिसकेको जानकारी दिए।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि साम्बालाई सबैले साथ दिन जरुरी रहेको बताएका छन् ।

नेपाली कांग्रेसले खेलकुदलाई मनोरञ्जनबाट माथि उठाई ‘राष्ट्रिय पहिचान’ र ‘राष्ट्र निर्माणमा युवा सहभागिता’ को मेरुदण्ड बनाउनु पर्ने पनि बताएको छ ।

Share News