झापा प्रशासनले भन्यो - निर्वाचन प्रचारप्रसारमा उम्मेदवारलाई गाली नगर्नूं

काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचन प्रचारप्रसारको क्रममा एक अर्काप्रति लाञ्छना लगाउने, गाली गलौज गर्ने, दल तथा उम्मेदवारको झण्डा र व्यानरहरू जलाउने कार्य नगर्न अनुरोध गरेको छ । 

कोही कसैप्रति घृणा वा द्वेष फैलाउने, हुलहुज्जत गर्ने, व्यक्तिका निजी घर तथा सार्वजनिक स्थल लगायतका ठाँउमा निर्वाचन आचारसंहिता विपरित उम्मेदवारको पार्टीका झण्डा तथा व्यानर लगायतका सामग्रीहरु राख्ने जस्ता गतिविधि नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

सोमबार मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समितिको बैठक बसी त्यस्ता गतिविधिहरू नगर्न र नगराउन अनुरोध गर्ने निर्णय भएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रकाश प्रसाईले बताए । अवाञ्छित गतिविधि गरेमा प्रचलित कानून बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ । 

निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गरी निर्वाचन सम्बन्धी गतिविधिहरू गर्नुपर्ने उनले बताए ।

null

Share News