काठमाडौं । नेपाली रेमिटान्स बजारमा सेवा प्रदान गर्न रेमिट टु नेपाल प्रा.लि. नामको अर्को एक कम्पनी स्थापना भएको छ । ललितपुरको पूल्चोकमा मूख्य कार्यालय रहेको उक्त कम्पनी सेवाग्राहीहरुलाई छिटो, सहुलियत शूल्कमा, सुरक्षित ढंगबाट सेवा प्रदान गर्ने उद्देश्य लिएको छ ।

यस कम्पनीमा वित्तीय तथा रेमिटान्सको क्षेत्रमा लामो समयसम्म काम गरेको अनुभव भएको व्यवस्थापन टिमले सेवा प्रदान गरिरहेको छ । कम्पनीको व्यवस्थापकीय नेतृत्व भने बैंक तथा वित्तीय क्षेत्रको विशिष्ट तहमा कार्य अनुभव हासिल गरिसकेका चन्द्व भट्टले गरेका छन् । वित्तीय क्षेत्रमा उनीसँग दुई दशक भन्दा बढि लामो काम गरेको अनुभव रहेको छ ।
सम्बन्धित क्षेत्रमा लामो समयसम्म काम गरेका कुशल र दक्ष कर्मचारीहरुको अनुभव अनि दक्षतालाई सदुपयोग गदैं आफ्ना सेवाग्राहीहरुलाई उच्चस्तरको सेवा प्रदान गर्ने रेमिट टु नेपालका प्रमुख कार्यकारी अधिकृत भट्टले जानकारी दिए । स्थापनासँगै रेमिट टु नेपाल ले आन्तरिक तथा बाह्य विप्रेषण रकम सरल तवरले भुक्तानीको लागी, कमर्सियल बैंक, विकास बैंक , फाईनान्स कम्पनी, सहकारी संस्था साथै २००० भन्दा बढि प्राईभेट एजेन्टहरुसँग विप्रेषण भुक्तानी गर्ने संझौता गरिसकेको छ । यसैक्रममा बैंकले सेन्चुरी कमर्सियल बैंक, मेगा बैंक नेपाल लि., बैंक अफ काठमाडौं, प्राइम कमर्सियल बैंक लि., माछापुछ्रे बैंकसँग संम्झौता समेत सम्पन्न गरिसकेको छ ।
स्थापनासँगै यो कम्पनीले विदेशबाट पठाएको रकम छिटो, छरितो र सरल ढंगबाट आफन्तले प्राप्त गर्न विभिन्न बैंक वित्तीय संस्था, सहकारी संस्था, ट्राभल एजेन्सी र व्यवसायीक संस्थाहरुलाई सेवा प्रदान गर्ने सम्बन्धि संझौता गरिसकेको छ । त्यसैगरी ७ दर्जन सहकारी संस्था लगायत अन्य व्यवसायिक संस्थाहरुसँग समेत संम्झौता गरिसकेको छ ।
कम्पनीले विदेशका विभिन्न एक्सचेन्ज हाउस (मिडिल इष्ट, मलेसिया) साथै अन्तराष्ट्रिय मनी ट्रान्सफर सँग संम्झौता गर्ने तथा सहज ढंग बाट नेपालको ७५ जिल्ला भरिका हरेक कुना कन्दरामा सेवा सञ्जाल विस्तार गरिसकेको छ ।
‘कम्पनीले दैनिक २ अर्बको हाराहारीमा भित्रिने रेमिटान्सलाई सदुपयोग गर्न विशेष जनचेतना कार्यक्रम समेत अभियानकै रुपमा गर्ने योजना रहेको जानकारी गराएको छ । ‘रेमिटान्सबाट दैनिक नेपाल भित्रिने ठूलो रकम नेपालीहरुले घरखर्चमै सिमित गर्ने गरेका छन ।’ प्रमुख कार्यकारी अधिकृत भट्टले भने-‘यो रकम उत्पादनमुलक क्षेत्रमा सदुपयोग गर्न हामी विशेष जनचेतनामुलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्छौं ।”
संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व शिर्षकमा समेत विभिन्न कार्यहरु गर्ने पनि जानकारी दिएको छ ।