मनमैजुमा घरभित्रै छिर्यो चितुवा, तीन जना घाइते

काठमाडौं । काठमाडौंको मनमैजुमा एक घरमा चितुवा छिरेको छ । तारकेश्वर नगरपालिका ९ स्थित चन्द्रमणी अधिकारीको घरमा चितुवा छिरेको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले मनमैजुमा स्थानीयको घरमा चितुवा छिरेको जानकारी दिए । जिल्ला वन कार्यालयका टोलीहरू उद्धार गर्न गइरहेको उनले बताए । 

साढे १ बजे सोही घरमा चितुवा छिरेको स्थानीय सपना राईले जानकारी दिइन् । उनका अनुसार सुरुमा घरको भुँइतलाको सटरमा चितुवा छिरेको थियो । 

उनले भनिन्, 'चितुवा माथिल्लो टोलबाट तीन जनालाई घाइते बनाएर आएको रहेछ । एकजना बच्चाको कानमा चोट बनाएको रहेछ । उपचारका लागि टेकु अस्पताल लगिएको छ ।'

चितुवाबाट बच्नका लागि भाग्दा राईसमेत घाइते भएकी छिन् ।

Share News