काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ अंकले घटेर २६१४ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२० कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
आइतबार ३२४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको ६३ करोड रुपैयाँ बराबरको भएको छ ।
साथै रिडि पावर कम्पनीको ३७ करोड, एसवाई प्यानलको ३१ करोड, न्यादी गुप्रको १९ करोड र राधी विद्युतको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साल्पा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।