काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरुलाई इएमभी चिप कार्ड जारी गरेको छ । कार्ड सम्बन्धि कारोवारलाई अझ सुरक्षित बनाउँदै कार्डबाट हुने कारोवारको जोखिम न्यूनिकरण गर्ने उद्देश्य बमोजिम चिप प्रणालीमा आधारित कार्ड सञ्चालनमा ल्याईएको बैंकले जनाएको छ । बैकले हालसम्म म्याग्नेटिक स्ट्राइप प्रविधिका कार्डहरु जारी गर्दै आइरहेको थियो ।
बैकले इएमभी चिप कार्ड मार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्नेे बताएको छ । बैंकले ५६ शाखा कार्यालय मार्फत सम्पुर्ण बैँकिङ्ग सेवा प्रदान गर्नुका साथै डेविट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड तथा माग गर्नासाथ तुरुन्त पाइने इन्स्ट्यान्ट डेबिट कार्ड उपलब्ध गराउदै आएको छ ।
साथै, यस बैंकबाट जारी भएको डेबिट कार्ड प्रयोग गरी यसै बैंकको एटीएमबाट रकम झिक्दा कुनै शुल्क नलाग्ने तथा नेपाल भित्र भिसा नेटवर्क अन्तर्गतका जुनसुकै एटिएमबाट रकम झिक्दा बढीमा ३० रुपैयाँ मात्र लाग्ने समेत बैंकले जानकारी गराएको छ ।
साथै, बैकले आफ्ना ग्राहकहरुलाई आफूसँग भएको म्याग्नेटिक स्ट्राइप कार्ड (डेबिट/क्रेडिट/प्रिपेड कार्ड) लाई चिपमा आधारित कार्डमा परिवर्तन गर्न अनुरोध गरेको छ ।