नेपाल बैंककोे स्मार्ट कार्ड सेवा सञ्चालनमा, साझा बसबाट यात्रा गर्नेलाई विशेष सुविधा

<p>काठमाडौं । नेपाल बैंक लिमिटेडले पहिलो पटक स्मार्ट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई आधुनिक एवं स्तरीय सेवा प्रदान गर्ने क्रममा उक्त कार्डको सञ्चालन गरेको हो । बैंकले नेपालमा नै पहिलो पटक साझा बसबाट यात्रा गर्ने यात्रुहरुको लागि स्मार्ट कार्ड प्रयोग गरी भाडा तिर्ने सुबिधा प्रदान गरेको छ । साझा यातायात र एन [&hellip;]</p>

काठमाडौं । नेपाल बैंक लिमिटेडले पहिलो पटक स्मार्ट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई आधुनिक एवं स्तरीय सेवा प्रदान गर्ने क्रममा उक्त कार्डको सञ्चालन गरेको हो ।

बैंकले नेपालमा नै पहिलो पटक साझा बसबाट यात्रा गर्ने यात्रुहरुको लागि स्मार्ट कार्ड प्रयोग गरी भाडा तिर्ने सुबिधा प्रदान गरेको छ । साझा यातायात र एन क्लाउडको सहकार्यमा सञ्चालित यो सेवा नेपालमा नै पहिलो पटक हो । साझा बसमा यात्रा गर्ने नेपाल बैंकका पहिलो ५०० जना ग्राहकहरुलाई यो कार्ड निशुल्क वितरण गरिने छ ।

हाल सो कार्डको प्रयोग साझा यातायातको लगनखेल देखि गोंगबु रुटमा चल्ने साझा बसहरुमा हुने छ । साथै, निकट भविष्यमा नै साझा यातायातको सम्पूर्ण रुटहरुमा चल्ने बसहरुमा यस किसिमको कार्ड प्रयोग गर्न सकिने बैंकले जर्नाएको छ ।

Share News