काठमाडौं । साल्ट ट्रेडिङ कर्पाेरेशनले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा ४ करोड ५७ लाख ४४ हजार रुपैयाँ गरेको छ । यो नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा २९.३४ प्रतिशत अर्थात् १ करोड ३ लाख ७८ हजार रुपैयाँ बढी हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले ३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको पुससम्ममा कम्पनीले ६ अर्ब ४१ करोड ७६ लाख १३ हजार रुपैयाँ बिक्री आम्दानी गरेको गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ५८ करोड ३५ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।
यस्तै समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी २२ करोड २५ लाख रुपैयाँ रहेको छ । गत वर्षको पुसमा २ करोड ५७ लाख रुपैयाँ मात्रै अन्य आम्दानी थियो ।
चालु आवको ६ महिनामा कम्पनीले ४४ करोड ९२ लाख ३२ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड १८ लाख रुपैयाँ कुल नाफा गरेको थियो ।
चालु आवको दोस्रो त्रैमासमा कम्पनीको बिक्री लागत ५ अर्ब ९६ करोड ८३ लाख ८० हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको ४ अर्ब ३ करोड १६ लाख ४७ हजार रुपैयाँ बिक्री लागत थियो ।
समीक्षा अवधिमा कम्पनीको कर्मचारी खर्च २१ करोड २९ लाख ६४ हजार रुपैयाँ, प्रशासकीय खर्च ९ करोड ४४ लाख ३८ हजार रुपैयाँ, ब्याज खर्च १६ करोड ६२ लाख रुपैयाँ रहेको छ ।
३५ करोड २७ लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ३५ करोड १३ लाख ९९ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२.९७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३५९.६० रुपैयाँ छ ।