काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताएका छन् ।
बुधवार धनगढीमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले सो दाबी गरेका हुन् । वरिष्ठ नेता साहले आफूहरू भोट माग्न नभई जनतासँग काम माग्नका लागि आएको जिकिर समेत गरे ।
उनले आफ्नो पार्टीले सुदूरपश्चिमलाई बनाउने आश्वासनसमेत दिए ।
रास्वपालाई भोट नदिएपनि कामको लिष्ट दिए हुने वरिष्ठ नेता साहको भनाइ थियो ।
उनले भने, राष्ट्रिय स्वतन्त्र पार्टी तपाईंहरुसँग भोट माग्न आएको होइन, काम माग्न हो । काम दिनूस् है । तपाईंहरुले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ । काम माग्न आएको हो ।’
सो पार्टीका प्रधानमन्त्रीका उम्मेदवार समेत रहेका साहले आँखाबाट चस्मा खोल्दै आफ्नो आँखा नभई काम हेर्न पनि सबैलाई आग्रह गरे ।
वरिष्ठ नेता साहले गरिबको पक्षमा आफूहरूले काम गर्ने समेत बताए ।