अमेरिकाका अधिकारवादी नेता जेसी ज्याक्सनको निधन

फाइल तस्बिर ।

काठमाडौं । अमेरिकाका अधिकारवादी नेता जेसी ज्याक्सनको ८४ वर्षको उमेरमा निधन भएको छ ।

उनको परिवारद्वारा जारी वक्तव्यमा मंगलबार बिहान उनको निधन भएको जानकारी दिइएको छ ।

वक्तव्य अनुसार अन्तिम क्षणमा ज्याक्सन परिवारजनको साथमै रहेका थिए । साथै उनको निधन शान्तिपूर्वक भएको पनि उल्लेख गरिएको छ ।

मृत्युको आधिकारिक कारण भने सार्वजनिक गरिएको छैन । यद्यपि, ज्याक्सन ‘प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी’ नामक रोगबाट पीडित थिए र गत वर्षको अन्त्यतिर अस्पतालमा भर्ना भएका थिए।

पूर्वराष्ट्रपति बाराक ओबामा लगायतकाले उनलाई श्रद्धाञ्जलि दिएका छन् ।

Share News