नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा कृषि विकास बैंक, आशा लघुवित्त वित्तीय संस्था र शिवम् सिमेन्टको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार कृषि विकास बैंकको ३.२५ प्रतिशत बोनस बापतको ४५ लाख २ हजार ९४७ कित्ता, आशा लघुवित्तको ९.५ प्रतिशत बोनस बापतको ६ लाख ९६ हजार ३९३ कित्ता र शिवम् सिमेन्टको २.५ प्रतिशत बोनस बापतको १३ लाख ६४ हजार २०२ कित्ता सेयर सूचीकृत भएको हो । 

Share News