महासचिव श्रेष्ठद्धारा राजीनामा घोषणा

<p>काठमाडौं । स्काई सुजका प्रबन्ध निर्देशक तथा फुटवेयर म्यानुफ्याक्चर्स एसोसियसनका महासचिव मनोज श्रेष्ठले पद त्याग गरेका छन् । उनले आफ्नो व्यक्तिगत कारण बताउँदै फेसबुक मार्फत राजीनामा घोषणा गरेका हुन् । ‘शुभेच्छुकहरुको जानकारीका लागि, मैँले, फुटवेयर म्यानुफ्याक्चर्स एसोसियसन अफ नेपालको महासचिव पदबाट स्वेच्छिक राजीनामा दिएको अवस्था’, श्रेष्ठले आफ्नो फेसबुकमा लेखेका छन् । उनी कार्यसमितिमा एक कार्यकाल [&hellip;]</p>

काठमाडौं । स्काई सुजका प्रबन्ध निर्देशक तथा फुटवेयर म्यानुफ्याक्चर्स एसोसियसनका महासचिव मनोज श्रेष्ठले पद त्याग गरेका छन् । उनले आफ्नो व्यक्तिगत कारण बताउँदै फेसबुक मार्फत राजीनामा घोषणा गरेका हुन् ।

‘शुभेच्छुकहरुको जानकारीका लागि, मैँले, फुटवेयर म्यानुफ्याक्चर्स एसोसियसन अफ नेपालको महासचिव पदबाट स्वेच्छिक राजीनामा दिएको अवस्था’, श्रेष्ठले आफ्नो फेसबुकमा लेखेका छन् ।

उनी कार्यसमितिमा एक कार्यकाल सदस्य र एक कार्यकाल सचिव र भएर महासचिव बनेका थिए । एसोसियसनका अध्यक्ष रविनकुमार श्रेष्ठले यतिबेला नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय कार्य समिति सदस्यका लागि चुनावी मैदानमा रहेका बेला महासचिवको राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Share News