सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा मंगलबार (आज) सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोल भने बढेको छ । 

सोमबारको तुलनामा आज सुन तोलामा ९०० रुपैयाँले घटेको छ भने चाँदी २५ रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख एक हजार ९०० तथा एक तोला चाँदीको मोल ४ हजार ८८५ निर्धारण भएको छ । 

हिजो सोमबार एक तोला छापावाल सुनको मूल्य ३ लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल ४ हजार ८६० निर्धारण भएको छ । साताको पहिलो दिन आइतबार बजार खुल्दा प्रतितोला छापावाल सुन ३ लाख पाँच हजार ८०० र त्यति नै चाँदी ४ हजार ९८५ मा खरिदबिक्री भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन चार हजार ९७० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

Share News