मायाखोला हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । मायाखोला हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ करोड कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

हकप्रद सेयर निष्कासन प्रक्रियाका लागि कम्पनीले बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ।

सम्झौतामा मायाखोला हाइड्रोपावर कम्पनीतर्फबाट कार्यकारी अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

मायाखोला हाइड्रोपावरको स्थापना २०६७ सालमा प्रालिको रूपमा भई २०७३ सालमा लिमिटेडमा रूपान्तर भएको हो । यस कम्पनीले संखुवासभा जिल्लामा १४.९ मेगावाट क्षमताको मायाखोला हाइड्रोपावर आयोजनाको निर्माण गरी २०८० को असारदेखि विद्युत उत्पादन गर्दै आइरहेको छ । 

यस कम्पनीले सर्वसाधारणहरूलाई २०७९ माघमा प्राथमिक सेयर जारी गरेको थियो ।

Share News