१० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थलमा उडान सु्रु

सङ्खुवासभा । प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल सोमबार (आज) देखि खुलेको छ । 

आजदेखि काठमाडौं–तुम्लिङटार उडान पुनः सञ्चालन भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले बताए ।

तुवाँलोका कारण ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको हो । 

यो विमानस्थलमा निजी क्षेत्रका विमान कम्पनीले सेवा सञ्चालन गर्दै आएका छन् । 
 

Share News