काठमाडौं । यस वर्ष अलैँचीको भाउ नआउँदा रामेछाप कुबुकास्थलीका कृषक अलैँची नबेची बस्न बाध्य भएका छन् । गत वर्ष अलैँचीबाट राम्रो आम्दानी लिएर हर्षित भएका कृषक भाउ नआएपछि अलैँची नबेची बस्न बाध्य भएका हुन् ।
अलैँचीबाट विशेष मसला बनाउने काम गरिन्छ । यो विशेष गरि नेपाल र भारतका विभिन्न भागमा पाइने बिरुवा हो । अलैँचीले विश्व व्यापारमा नेपालको तर्फबाट राम्रो स्थान सम्म पाएको छ । अलँैची नेपालका पहाडी र तराई भेगका चिसाइलो भएको जग्गामा लगाईन्छ । रामेछापका अलैँची खेती गर्ने कृषक शिवहरी कार्की भन्छन् “अलैँचीबाट गत वर्ष राम्रो आम्दानी लिएको हो किलोको २४ सयमा बेचेको अलैँची यस वर्ष किलोको १२ सयमा झर्दा अलैँची नबेची बस्ने म जस्तै कृषक धेरै छन् ।” उनका अनुसार अलैँचीलाई पाखो अर्थात केही काम नलाग्ने जग्गामा लगाउन सक्ने भएकाले गर्दा अहिले कुबुकास्थली गा.वि.स.मा जताततै अलैँची मात्र छ । गत वर्ष यस अलैँचीबाट राम्रो आम्दानी लिँदा वैदेशिक रोजगारमा गएका युवाले सम्म गाँउ घरमा नै जग्गा किनेर अलैँची खेती पनि गर्दै आएका छन् ।
वैदेशिक रोजगारबाट आफ्नै गाँउमा आएर अलैँची खेती गर्दै आएका चन्द्र सुनुवार भन्छन् “मैले विदेशमा महिना भरि काम गर्दा ३० हजार कमाउँथे त्यही पनि घरपरिवार र आफ्नो जन्मभूमि छोडेर अरुको देशमा पसिना बगाएर अहिले म मेरै गाउँमा नै अलैँची खेती गरेर यस वर्षकै भाउ अर्थात किलोको १२ सयमा बेच्दा पनि १ लाख जति कमाउछु किनकी मैले पोर लगाएकाले सबै बिरुवाबाट फल लागेन । सबै बिरुवा ठुला भएका छैनन् त्यसैले गर्दा १ लाख जति मात्र मेरो यस वर्षको कमाइ हुन्छ तर त्यस बाहेक मैले बोका खसी पालेको छु अरु काम पनि गर्छू । अलैँची बेचेर कमाएको पैसा मैले बैंकमा लगेर राख्छु र अर्को वर्ष राम्रो भाउ आयो भने अलैँची पनि अलि धेरै फल्छ पैसा पनि धेरै आउँछ र फेरी म अर्को जग्गा किनेर अलैँची रोप्छु ।”
अलैँची खेती गरेर रामेछाप कुबुकास्थलीका कृषकले आफ्ना छोराछोरी पनि राम्रो स्कुल पढाएका छन् । उनिहरुले शहरका जग्गा समेत किनेर राख्न थालिसकेका छन् भने कसैले त घर सम्म पनि बनाएका छन् । यसरी रामेछाप कुबुकास्थलीका कृषकले आर्थिक स्थितीमा धेरै विकास आएको छ । उनीहरुलाई दैनिकि चलाउन समेत सजिलोे भएको छ ।
अलैँचीले जिवन स्तर सुधारेको सन्दर्भमा कुमार शर्मा भन्छन् “पहिला मलाई चाडवाडमा १ के.जी. मासु सम्म पनि पत्याउँदैन थिए यो गाउँका मानिसले मेरो ठूलो परिवार थियो खानलाई सम्म पनि धेरै कठिन हुन्थ्यो आउने बाटो थिएन् तर अहिले म मेरो भएको सम्पूर्ण जग्गामा अलैँची लगाएर यो वर्ष भन्दा अगाडि ५ वर्षको दौरानमा प्रत्येक वर्ष ३५ लाख भन्दा माथि र ५० लाख भन्दा तल फाइदा निकालेको छु । अब यो गाँउमा मलाई सबैले ठूलो मान्छेको स्थान दिएका छन् किनकी मैले मेरा ७ वटा छोराछोरी काठमाडौँको बोर्डिङ स्कुलमा पढाएको छु र मेरो नयाँ बानेश्वरमा ४ तलाको घरपनि छ । त्यसैले गर्दा मलाई अहिले समाजले अग्रव्यक्तिको स्थान दिएको छ । यो सबै अलैँची खेतीको परिणाम हो ।”
प्रशिक्षार्थी विद्यार्थी