बजाजकाे अल–न्यू अपग्रेडेड डोमिनार ४०० सार्वजनिक

काठमाडौं । अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ गते बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा राइडर, इन्फ्लुएन्सर, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा अपग्रेडेड डोमिनार ४०० लाई औपचारिक रूपमा सार्वजनिक गर्दै यसको नयाँ तथा उन्नत फिचरहरू प्रस्तुत गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षणका रूपमा ‘मनाङ एक्सप्लोरर राइड’ प्रिमियर गरिएको थियो, जसले बाइकको लामो दूरी यात्रा क्षमता र कठिन भूगोलमा उत्कृष्ट प्रदर्शन क्षमतालाई उजागर गरेको थियो । उक्त प्रस्तुतीकरणप्रति उपस्थित दर्शकहरूले सकारात्मक प्रतिक्रिया जनाएका थिए ।

अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० मा डट म्याट्रिक्स डिस्प्लेसहितको डिजिटल कन्ट्रोल कन्सोल, ब्लुटुथ कनेक्टिभिटी, टर्न-बाइ-टर्न नेभिगेसन, राइड-बाइ-वायरसहित चार राइड मोड, ट्र्याक्सन कन्ट्रोल, एड्जस्टेबल लेभर तथा हजार्ड लाइट प्रणालीजस्ता आधुनिक प्रविधिहरू समावेश गरिएको छ । यी फिचरहरूले बाइकको सुरक्षा र राइडिङ अनुभवलाई थप प्रभावकारी बनाएको आयोजकले जनाएको छ ।

उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियासहित सम्पन्न भएको लन्च कार्यक्रमले आधुनिक प्रविधिसहित प्रदर्शन–केन्द्रित बाइक प्रदान गर्ने बजाज अटाेको प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ ।

सार्वजनिकरणपछि ग्राहकहरूले फागुन ४ देखि ८ गतेसम्म आयोजना हुने टेस्ट राइडमार्फत उक्त बाइकलाई नजिकबाट अनुभव गर्न सक्ने बताइएको छ ।  

Share News