काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘ह्युन्डाई फिफा विश्वकप * २०२६ टेस्ट ड्राइभ अभियान’ सुरु गरेको छ ।
ह्युन्डाईको विश्वव्यापी साझेदारीको अवसरमा ल्याइएको यो अभियान अप्रिल २०२६ सम्म सञ्चालन हुनेछ ।
अभियानअन्तर्गत नेपालभर रहेका ह्युन्डाईका कुनै पनि शो–रूममा गई कुनै पनि ह्युन्डाई गाडीको टेस्ट ड्राइभ गर्ने ग्राहकहरूले विश्वकप २०२६ प्रत्यक्ष रूपमा हेर्ने पाउने अवसर जित्ने मौका पाउनेछन् ।
कम्पनीका अनुसार अभियानले ग्राहकहरूलाई टेस्ट ड्राइभमार्फत ह्युन्डाई गाडीको आरामदायी सुविधा, उन्नत प्रविधि र उत्कृष्ट प्रदर्शन प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर प्रदान गर्नेछ ।
साथै अभियान अवधिमा ह्युन्डाई गाडी बुक गर्ने ग्राहकहरूले अन्य लाभहरू पनि प्राप्त गर्नेछन् ।