प्रधानमन्त्री कार्की ताप्लेजुङमा

ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन शुक्रबार (आज) यहाँ आइपुगेकी छन् ।

आजै बिहान उनले पाथीभरा माताको पूजाअर्चना गरिन् । पूजाअर्चनापछि प्रधानमन्त्री 

कार्कीले ‘फागुन महिना, निर्वाचन महिना ।  पाथीभराबाट सुरुआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु,’ सामाजिक सञ्जालमा लेखेकी छन् । 

प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम छ ।

Share News