कामना सेवा विकास बैंक र कान्तिपुर डेन्टलबीच सेवा शुल्क छुटसम्बन्धी सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।

सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँगको आबद्धता प्रमाणको आधारमा ग्राहकहरूले यो सुविधा सहजै लिन सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहक तथा कर्मचारीहरू लाभान्वित हुने विश्वास लिइएको छ । यसले ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहुलियत दरमा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उक्त सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका सञ्चालक डा. प्रतिक्षा श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

Share News