काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी, हिमाली जिल्लाको सुरक्षा व्यवस्था तथा समग्र प्रशासनिक अवस्था बुझ्न प्रधानमन्त्री सुशीला कार्की बिहीबार सोलुखुम्बु पुगेकी छन् ।
निर्वाचनको पूर्वसन्ध्यामा आवश्यक समन्वय, सुरक्षाको व्यवस्थापन तथा दुर्गम भेगमा मतदाता पहुँचको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री कार्की स्थलगत निरीक्षणका लागि त्यहाँ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीसँगै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ, प्रेस सल्लाहकार रामबहादुर रावल तथा सम्बन्धित निकायका अधिकारीहरू पनि सोलुखुम्बु पुगेका छन् ।
टोलीले जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा निर्वाचन अधिकृतसँग छलफल गरी निर्वाचन व्यवस्थापन, सुरक्षा सतर्कता र मतदाता सहभागिता बढाउने विषयमा समन्वय गर्ने कार्यक्रम रहेको बताइएको छ।