स्टक डिलरका लागि ११२ कम्पनी कारोबार योग्य, नेप्सेको नयाँ सूची सार्वजनिक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र व्यापारीहरूका लागि कारोबार योग्य कम्पनीहरूको सूची सार्वजनिक गरेको छ ।

नेप्सेले एक सूचना जारी गर्दै धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद(२ अन्तर्गत दफा ३(२) बमोजिम आवश्यक मापदण्ड पूरा गरेका कम्पनीहरूको सूची दफा ३(३) अनुसार अद्यावधिक गरी सार्वजनिक गरिएको जनाएको छ । सोही कार्यविधिको दफा ३(१) मा व्यवस्था भएअनुसार उक्त सूची सार्वजनिक गरिएको हो ।

नेप्सेद्वारा सार्वजनिक गरिएको सूचीअनुसार कुल ११२ वटा सूचीकृत कम्पनीहरू धितोपत्र व्यापारीका लागि कारोबारयोग्य रहेका छन् । जसमा १९ वटा वाणिज्य बैंक, ९ वटा विकास बैंक, ५ वटा फाइनान्स कम्पनी, २६ वटा लघुवित्त वित्तीय संस्था, ७ वटा जीवन बीमा कम्पनी, ११ वटा निर्जीवन बीमा कम्पनी, ६ वटा लगानी कम्पनी, २ वटा उत्पादन तथा प्रशोधन उद्योग, २५ वटा जलविद्युत् कम्पनी र २ वटा अन्य समूहका कम्पनीहरू समावेश छन् ।

null

Share News