पाठकलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । उच्चपदस्थ व्यक्तिलाई धम्क्याउने प्रकाश पाठकमाथि अनुसन्धान गर्न  काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जनालाई धम्क्याएको आरोपमा उनी फिलिपिन्सबाट पक्राउ परेका थिए ।

इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएपछि पाठकलाई फिलिपिन्सको ब्यूरो अफ इमिग्रेसन (बीआई)अन्तर्गतको फरार अभियुक्त खोजी युनिटले डिसेम्बर ३१ मा मालोलोस सहरबाट पक्राउ गरेको थियो ।

काभ्रेपलान्चोक, तेमाल गाउँपालिका १ का पाठक फिलिपिन्समा बस्दै आएका थिए । यसअघि ३४ वर्षीय पाठकविरुद्ध आपराधिक लाभ लिन नहुने र आपराधिक षडयन्त्र गर्न नहुने लगायतका कसूरमा ६ वटा मुद्दा दर्ता भइसकेको छ ।

Share News