सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । मंगलबारको तुलनामा दुवै धातुको मूल्य बुधबार पनि बढेको हो । बुधबार सुनकाे मूल्य ताेलामा ११ सय रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार ६०० रुपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार २९० रुपैयाँ कायम भएको छ । 

मंगलबार प्रतितोला सुन तीन लाख पाँच हजार ५०० रुपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार २४० रुपैयाँ कायम भएको थियो । गत सोमबार एक तोला सुन तीन लाख चार हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा बुधबार एक औँस सुन पाँच हजार ६० र त्यति नै चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।   

Share News