सिटिजन्स बैंक बन्यो एनसीएचएलको ईएफटी स्विचअन्तर्गत नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को ईएफटी स्विच (Electronic Fund Transfer Switch) अन्तर्गत नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक बनेको छ ।

सिटिजन्स बैंक र एनसीएचएलबीच एनपीएस–नेसनल कार्ड स्विच अन्तर्गत डोमेस्टिक कार्ड स्किम सञ्चालनका लागि मंगलबार सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सिटिजन्स बैंक एनसीएचएलको ईएफटी स्विच (EFT Switch) अन्तर्गत नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक बनेको हो ।

यससँगै अब सिटिजन्स बैंकका एटीएम तथा पीओएस टर्मिनलहरूमा नेपालपे कार्डसहित भिसा, मास्टरकार्ड, युनियनपे लगायतका अन्तर्राष्ट्रिय कार्डहरू पनि स्वीकार गरिनेछन् ।

बैंकका ग्राहकहरूले छिट्टै एनसीएचएलद्वारा जारी गरिने नेपालको आफ्नै कार्ड स्किम ‘नेपालपे कार्ड’ प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यसले डिजिटल भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

Share News