हिमालयन बैंकबाट एकैपटक ६ जना संस्थापक सेयरधनी बाहिरिँदै

काठमाडौं । हिमालयन बैंकबाट एकैपटक ६ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकका ६ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १२ लाख ८२ हजार ५८८ कित्ता सेयर बिक्री गरेर बाहिरिने भएका हुन् ।

बैंकका अनुसार प्रमिला अर्यालले ७४ हजार ७५ कित्ता, तुलसी प्रसाद अधिकारीले ७४ हजार ७५ कित्ता, अमिर रत्न डंगोलले ३ लाख १७ हजार ४७३ कित्ता सेयर बिक्रीमा राखेका हुन् । 

यस्तै, मिना महर्जनले ३ लाख ९३ हजार ६६९ कित्ता, त्रिरत्न हर्जनले ३ लाख १७ हजार ४७३ कित्ता र त्रिमीर महर्जनले १ लाख ५ हजार ८२३ कित्ता सेयर बिक्रीमा राखेका हुन् । 

बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् । खरिख गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा बिक्री हुन नसकेको खण्डमा सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Share News