शक्तिशाली टर्बो इन्जिनसहित स्कोडाको ‘काइल्याक’ नेपाली बजारमा, सुरुवाती मूल्य ४५ लाख ९० हजार

काठमाडौं । एमएडब्लु ग्रुपले स्कोडाको ‘काइल्याक’ नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंको पर्यटकीय गन्तव्य चन्द्रागिरी हिल्समा मंगलबार एक कार्यक्रमको आयोजना गरी नयाँ गाडी सार्वजनिक गरिएको हो । १.० लिटरको शक्तिशाली टर्बो इन्जिन जडित काइल्याकलाई कम्पनीले पकेट रकेटको संज्ञा दिएको छ । यसले आफ्नो सेगमेन्टमै सबैभन्दा बढी ११५ बीएचपी पावर र १७८ एनएम टर्क पैदा गर्छ । 

लन्च कार्यक्रममा बोल्दै एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु अग्रवालले भने, ‘यो गाडीको अद्भूत क्षमता प्रदर्शन गर्न नै हामीले चन्द्रागिरी जस्तो उकालो र कठिन बाटो रोजेका हौं । यसको पावर र पर्फर्मेन्सले जो कोहीलाई आकर्षित गर्नेछ ।’

null

स्कोडा काइल्याकको सुरुवाती मूल्य ४५ लाख ९० हजार रुपैयाँ (म्यानुअल) र ५२ लाख ९० हजार रुपैयाँ (अटोमेटिक) तोकिएको छ । अग्रवालका अनुसार यो आफ्नो श्रेणीमा नेपालकै सबैभन्दा किफायती अटोमेटिक एसयूभी हो । उनले एमएडब्लुले विगत ६० वर्षदेखि नेपाली ग्राहकहरूको सेवा गरिरहेको र स्कोडासँगको १८ वर्ष लामो सहकार्यले विश्वासको नयाँ उचाइ छोएको बताए । 

‘हाम्रो मुख्य मन्त्र ‘कस्टमराइजेसन’ हो । हामी जे गर्छौं, ग्राहकलाई केन्द्रमा राखेर गर्छौं,’ अग्रवालले भने । नेपालभर ५८० भन्दा बढी टचप्वाइन्टहरू मार्फत एमएडब्लुले विश्वस्तरीय सेवा दिइरहेको उनले जानकारी दिए । अग्रवालले सन् २०१२ को एउटा व्यक्तिगत घटना सुनाउँदै स्कोडाको सुरक्षा पक्षको प्रशंसा गरे ।

काठमाडौंबाट बर्दिया जाने क्रममा उनको परिवार सवार स्कोडा गाडी दुर्घटनामा परी ६ फिट गहिरो खाडलमा खसेको थियो । ‘विपरीत दिशाबाट आएको बसका कारण भएको त्यो भयानक दुर्घटनामा पनि स्कोडाको मजबुती र युरोपियन सेफ्टी स्ट्यान्डर्डका कारण मेरो परिवारका सबै सदस्य सुरक्षित रहे,’ उनले भावुक हुँदै भने ।

उनले स्कोडा केवल एउटा गाडी मात्र नभई सुरक्षाको पर्याय भएको दाबी गरे ।

null

धेरैमा स्कोडाका पार्टपुर्जाहरू महँगो हुन्छन् भन्ने भ्रम रहे तापनि काइल्याकको हकमा ९५ प्रतिशत पार्टपुर्जाहरू छिमेकी राष्ट्र भारतमै उत्पादन हुने भएकाले यसको मर्मत खर्च निकै सस्तो र सुलभ हुने कम्पनीले दाबी गरेको छ ।

युरोपियन सुरक्षा मापदण्ड र बलियो बिल्ड क्वालिटी यसको अर्को मुख्य विशेषता हो । कम्पनीका अनुसार स्कोडाका गाडीहरू आफ्नो मजबुती, टिकाउपन र उत्कृष्ट ड्राइभिङ अनुभवका लागि चिनिन्छन् । 

काइल्याकले पनि सोही विरासतलाई निरन्तरता दिँदै नेपाली ड्राइभरहरूलाई आत्मविश्वास र सुरक्षाको अनुभूति गराउने कम्पनीको विश्वास छ । 

१८ वर्षअघि स्कोडा र्यापिडबाट सुरु भएको यो यात्रा आज कुसाक र कोडाक हुँदै काइल्याकसम्म आइपुग्दा नेपाली ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल भएको कम्पनीले दाबी गरेको छ । अग्रवालले स्कोडा काइल्याकले नेपाली अटो बजारमा नयाँ इतिहास रच्ने विश्वास व्यक्त गरे । 

अग्रवालले भने, ‘आज पनि लामो दूरी र कठिन बाटोका लागि मानिसहरू इन्धन गाडीमै बढी विश्वस्त छन् । हाल हाइवेमा गुड्ने ८५ प्रतिशत गाडीहरू अझै पनि इन्धनबाट चल्ने नै छन् ।’

null

उनका अनुसार युरोपियन प्रविधि, सस्तो मर्मत खर्च र शक्तिशाली इन्जिनका कारण स्कोडा काइल्याक नेपाली ग्राहकहरूको पहिलो रोजाइ बन्नेमा एमएडब्लु ग्रुप ढुक्क देखिएको छ । 

देशभर रहेका स्कोडा शोरुमहरूबाट यो गाडीको टेस्ट राइड र बुकिङ खुला गरिएको छ । कम्पनीका अनुसार यो गाडीलाई बजारमा ल्याउनुअघि नेपालका कठिन भौगोलिक क्षेत्रहरू मनाङ, ढोरपाटन र तिन्जुरेजस्ता ठाउँमा लगेर परीक्षण गरिएको थियो ।

कम्पनीका अनुसार स्कोडाको ‘मोर्डन सोलिड डिजाइन ल्याङ्वेज’ मा तयार गरिएको काइल्याकको लुक्सदेखि फिचर र सेफ्टीसम्म सबै पक्ष प्रभावशाली देखिन्छन् । 

एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक रोनक अग्रवालका अनुसार काइल्याकको अगाडिको भागमा एलइडी डे-टाइम रनिङ लाइटसहितको स्प्लीट हेडल्याम्प क्लस्टर र निकै स्लीम डिजाइनको ग्रिल प्रयोग गरिएको छ ।

null

बनेटमा दिइएका क्रिजहरूले यसलाई थप आक्रामक बनाएका छन् भने पछाडिको भागमा ‘टी’ आकारको एलइडी टेललाइट प्रयोग गरिएको छ, जसले यसलाई भीडमा पनि अलग पहिचान दिन्छ । अग्रवालका अनुसार काइल्याकको लम्बाइ ३९९५ एमएम छ । यसको २५६६ एमएम ह्वीलबेसले केबिनमा प्रशस्त स्पेस दिने अपेक्षा गरिएको छ ।

१८९ एमएम ग्राउण्ड क्लियरेन्स, १७ इन्चका ह्वील, रुफ रेल र क्लाइडिङका कारण काइल्याकले साँचो एसयूभी लुक्स पाएको छ । खराब बाटोमा पनि सहज ड्राइभिङका लागि यो उचाइ पर्याप्त रहेको अग्रवालको दाबी छ । 

काइल्याकको ड्यासबोर्ड स्कोडा कुशकसँग मिल्दोजुल्दो छ । ८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १० इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, टु-स्पोक स्टेरिङ ह्वील, एसी भेन्ट र क्लाइमेट कन्ट्रोल प्यानलले यसलाई प्रिमियम अनुभूति दिन्छ ।

टप भेरियन्टमा स्कोडाले सिंगल प्यानल सनरुफ, किलेस इन्ट्री, वायरलेस फोन चार्जर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, भेन्टिलेटेड फ्रन्ट सिट र लेदरेट सिट जस्ता फिचर दिएको छ ।

null

सेफ्टीका मामिलामा पनि काइल्याक मजबुत देखिएको छ । भारत एनक्याप क्र्यास टेस्टमा यसले ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । यसमा ६ एयरब्याग, एबीएस, ईबीडी, इलेक्ट्रोनिक स्टेबिलीटी कन्ट्रोल र इलेक्ट्रोनिक डिफ्रेन्सियल लकजस्ता अत्याधुनिक सेफ्टी फिचर उपलब्ध छन् ।

काइल्याकमा फक्सवागेन ग्रुपको १.० लिटर टीएसआई थ्री-सिलिण्डर टर्बो पेट्रोल इन्जिन दिइएको छ । यही इन्जिन कुशकमा पनि प्रयोग हुँदै आएको छ, जसले ११५ ब्रेकहर्स पावर र १७८ न्युटन मिटर टर्क उत्पादन गर्छ । यसमा ६ स्पिड म्यानुअल र अटोमेटिक गियरबक्स विकल्प उपलब्ध छन् ।

स्कोडा काइल्याकले केवल १०.५ सेकेण्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टा गति लिन सक्ने क्षमता छ । आधुनिक डिजाइन, प्रिमियम फिचर, उच्च सेफ्टी र दमदार इन्जिनका कारण स्कोडा काइल्याकले सब-कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ ।

nullnull
 

Share News