काठमाडौं । तामाकोशी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मृत्यु हुनेको संख्या १२ पुगेको जानकारी दिए ।
उनका अनुसार ८ जना घाइतेको मन्थली र खुर्कोटका अस्पतालमा उपचार भइरहेको छ।
थापाले केही शव बगेको आशंकामा गोताखोर लगाएर खोजी कार्य भइरहेको जानकारी दिए ।
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बा प्र ०१००६ ख ९९७५ नम्बरको बस मंगलबार बिहान रामेछापको मन्थली नगरपालिका-६ भलुवाजोरस्थित त्रिवेणी नजिकै लिलौटी भन्ने ठाउँमा दुर्घटना भएको थियो ।