काठमाडौं । के तपाईं टिकटक बनाउनु हुन्छ ? यदि टिकटक बनाउनु हुन्छ भने निर्वाचन आयोगले तपाईंहरूको लागि खुसीको खबर ल्याएको छ ।
आयोगले निर्वाचन प्रचार प्रसार, निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा जस्ता विषयमा आधारित भएर एक मिनेटसम्म अवधिको टिकटक भिडियो बनाई ५० हजार रुपैयाँ जित्न आग्रह गरेको हो ।
आयोगले टिकटक प्रयोगकर्तालाई फागुन ३ गतेदेखि १७ गतेसम्म आयोगकै इमेल ठेगाना [email protected] मा पठाउन अनुरोध गरेको छ ।
आयोगमा प्राप्त भएका भिडियोहरूमध्ये सबैभन्दा बढी भ्युअर्स भएका उत्कृष्ट तीनवटा भिडियोलाई आयोगले ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।
