काठमाडौं । राहदानी विभागले सेवाग्राहीलाई अपोइन्टमेन्ट लिएको समयमा मात्र सेवा लिन अनुरोध गरेको छ । विभागका अनुसार तोकिएको समयमा आएर सेवाग्राहीले सहजै सेवा पाउने छन् ।
‘राहदानीका लागि फाराम भर्दा सेवाग्राहीले छनौट गरेको समयमा आउँदा आवेदन दिएको एक घण्टा भित्रमा सेवा पाइसक्ने छन्,’ मंगलबार विभागले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
सेवाग्राहीले छनौट गरेको समयमा सेवा लिन आउन नसक्ने सेवाग्राहीहरूलाई क्रमशः सेवा दिइने व्यवस्था गरिएको विभागले बताएको छ ।
आवेदनमा तोकिएको समयमा विभागमा सेवाग्राही पुगेमा ढिला नहुने र बढी भीडभाडसमेत नहुनेसमेत विभागले प्रस्ट पारेको छ ।
