काठमाडौं । रामेछापको मन्थली नगरपालिका-६ भलुवाजोरस्थित त्रिवेणी नजिकै लिलौटी भन्ने ठाउँमा यात्रुबाहक बस दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले बस दुर्घटना भएर दर्जनौं व्यक्ति घाइते भएको बताए ।
उनले ६ जनाको मृत्यु भएर अस्पताल पठाएको जानकारी दिए । तर, प्रहरीले मृत्यु घोषणा गर्ने नभएकोले अस्पतालमा पठाएको बताए ।
‘हामीले निधन भएको प्रमाणित गर्ने होइन, त्यसका लागि खुर्कोट र मन्थलीमा पठाएका छौं,’ अहिले पनि उद्धारको कार्य भइरहेको छ,’ उनले भने ।
काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको १९७५ नम्बरको अरनिको यातायातको यात्रुबाहक बस तामाकोशीमा खसेको थियो ।
उनका अनुसार अन्य ७ जनाको पनि उद्धार गरेर अस्पताल पठाइएको छ । उनका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ ।