काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ३ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य तोलामा ३ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य मंगलबार तोलामा ५ हजार २४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।