कजारियाको लमजुङको बेसीसहरमा नयाँ शोरूम उद्घाटन

काठमाडौं  । कजारियाले  लमजुङको बेसीसहरमा नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा ल्याएको छ । न्यु आलम मार्बल एण्ड टायल्सद्वारा सञ्चालित यस शोरूमले लमजुङ तथा आसपासका क्षेत्रमा बढ्दो टायल मागलाई सम्बोधन गर्ने लक्ष्य लिएको छ ।

शोरूमको औपचारिक उद्घाटन २५ माघ आयोजित समारोहका बीच सम्पन्न भएको थियो । कार्यक्रममा उद्योग क्षेत्रका प्रतिनिधि, व्यवसायिक साझेदार तथा स्थानीय ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कजारियाका कन्ट्री म्यानेजर अभ्याश तिवारीले शोरूमको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै तिवारीले कजारिया उच्च गुणस्तरीय उत्पादन, आधुनिक डिजाइन र भरपर्दो समाधान प्रदान गर्न प्रतिबद्ध रहेको बताए । उनले बेसीसहरमा नयाँ शोरूम सञ्चालन हुनु लमजुङ तथा आसपासका ग्राहकसम्म विश्वस्तरीय टायल संग्रह पुर्याउने महत्वपूर्ण कदम भएको उल्लेख गरे । साथै, न्यु आलम मार्बल एण्ड टायल्ससँगको साझेदारीप्रति खुशी व्यक्त गरे ।

नयाँ शोरूममा कजारियाका प्रिमियम टायलहरूको विस्तृत र आकर्षक संग्रह प्रदर्शनीका लागि राखिएको छ । यसले घरधनी, वास्तुकार, निर्माण व्यवसायी तथा ठेकेदारहरूलाई टिकाउ, स्टाइलिश र उच्च कार्यक्षमता भएका टायल समाधान उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

न्यु आलम मार्बल एण्ड टायल्ससँगको सहकार्यमार्फत कजारियाले विस्तार यात्रा निरन्तरता दिँदै स्थानीय व्यवसाय प्रवर्द्धन तथा ग्राहक सेवामा योगदान पुर्याउँदै आएको छ ।

कजारिया रमेश टायल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ । अत्याधुनिक प्रविधियुक्त यस उद्योगबाट अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादन तयार हुँदै आएका छन् । कम्पनीले हाल ३ हजारभन्दा बढी डिजाइन विकल्प उपलब्ध गराउँदै आएको छ ।    

Share News